जिन्दगीमा धेरै–धेरै वाचाहरु तोडें मैले
जानुपर्थ्यो एकातिर बाटो अन्तै मोठें मैले
को पो थियो आफ्नो भन्ने को नै अर्को पराइ र,
साथी, सँगी सँगी पनि साथहरु छोडें मैले
रित्याएर सबै– सबै, खुशीहरु रित्याएर
हात लाग्यो विरहका फूलहरु, गोडें मैले
तिमी नजिक छु म भन्थें, झन् टाढा रहेछु पो
नजाऊ छोडी बिन्ती भन्दै हातहरु जोडें मैले
खुकुरीलाई थाहा हुन्न अचानोको चोटलाई
तिम्रो खुशीलाई भन्दै आफ्नै मुटु फोडें मैले