Last modified on 27 मार्च 2018, at 10:12

जिन्दगी माथि एउटा कविता / विमल गुरुङ


यस्तै रहेछ जिन्दगी
पिडा/हर्ष
आँसु/हाँसो
ख्यालठट्टा/ब्यंग्य
यस्तै रहेछ जिन्दगी ।

यस्तै रहेछ जिन्दगी
सफलता/असफलता
कुनै बेला अपार दु:ख
कहिले अलिकति सुख
यस्तै रहेछ जिन्दगी ।

यो एकमुट्ठी सास हुन्जेल
अनेकथरी भोग्नु पर्दोरहेछ
उफ !
यो मन कति अ मिलो हुँदै
बटारिंदै आउँदैछ
यस्तै रहेछ जिन्दगी ।