Last modified on 25 जुलाई 2017, at 10:01

जीउने ढङ्ग / रमेश क्षितिज


हाँसी जीउने कि आफ्नै आँसु पिउने
आफ्नोआफ्नो ढड्ड हो जीवन जीउने

खुसी हुन्न वस्तुमा मन हो भण्डार
दुःखीलाई दुःखकै सागर संसार
सङ्घर्षले जित्ने कि हारी भाग्ने हो
जीवन यौटा वरदान केके माग्ने हो

दुःख यौटा पाठ हो सिक्छ ज्ञानीले
बुझिदिन्न दैवलाई दोष दिनेले
आफ्नै हातमा साँचो छ ढोका उघार्ने
जीवन खेर फाल्ने कि सीपले सिँगार्ने