Last modified on 9 जुलाई 2024, at 18:23

जीवनको यस पाटोमा / सानु शर्मा

बर्सात्‌ले मनलाई भिजाउँदैन
बसन्तले रहरलाई छुँदैन
मायाको नाउँमा अचेल
मुटुमा कुनै हलचल हुदैन ।

कुनै चोटले दु:खाउँदैन,
कसैको यादले सताउँदैन
रूवायो धेरै जिन्दगीले
अब त कसैको मृत्युमा पनि
आँखामा आँसु आउँदैन ।

सपनाहरूले झस्काउँदैनन्
कल्पनाहरूले बहलाउँदैनन् ।

तिम्रो याद मात्रै पनि
सुखद साथझैँ थियो कुनै बेला
अब त तिम्रो साथमै पनि
कदाचित
बाँच्नुको आनन्द आउँदैन ।