Last modified on 4 अगस्त 2016, at 09:35

जीवनदेखि धेरै धेरै नै थाकेर / गोपाल योञ्जन


जीवनदेखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर

यहाँ ढुङ्गाहरू गर्छन् ईश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा आज च्यातिएको हेर
म मुर्दा भएको तिमी आज हेर

कति सस्तो जीवन कति सस्तो मान्छे
जताततै देख्छु मान्छेमाथि मान्छे
सैयौँ पेट मारी म अघाउने मान्छे
अवलालाई दुख्दा म रमाउने मान्छे
ढाकेर थाकेँ यो कालो मुटुलाई
म जन्मेको भेषमा मलाई आज हेर
म मुर्दा भएको तिमी आज हेर