Last modified on 25 अगस्त 2024, at 16:55

जीवनवृत्ति / सुमन पोखरेल

अरूलाई खुवाएर पनि
अघाउन सकिन्छ आफू

भाषण गरेर ढाटिँरहन पर्दैन
कसैको बन्दकी राखेर आफूलाई लेखिरहन पनि पर्दैन
जीवनलाई जीवनजस्तै बाँच्नका लागि
बेचिरहनु पर्दैन आफ्नो इमान
निहुर्‍याइरहनु पर्दैन स्वभिमानको शिर ।

अरूलाई बँचाएर पनि
बाँच्न सकिन्छ जीवन ।