Last modified on 28 मई 2017, at 10:45

जीवन ! / विक्रम सुब्बा


गरिखानको लागी
नभईनहुने जमीन हो जीवन !

जति कोट्याउँन सक्यो
उती गहिरो जीवन !

झन कोट्यायो
झन गहिरो
झन झन कोट्यायो
झन झन गहिरो जीवन !
मार्ने बेलामा
मृत्युले पनि सलाम ठोक्ने जीवन !!