Last modified on 1 जुलाई 2017, at 21:23

जून त लाग्यो ताराले / हरिभक्त कटुवाल


जून त लाग्यो ताराले मन त लाग्यो मायाले
यो पहाड त्यो पहाड हेर्दा हेर्दै साराले

रंगी-बिरंगी फूलको थुँगा-थुँगा टिपेर
तिमी हिँड्ने गोरेटो सपनाले भरेर
आँखाको नानीमा सजाउनेछन् साराले

परी डुल्ने देशमा पुतलीको भेषमा
मिठो मिठो धुनमा कोइलीको बोलीमा
गाउनेछन् तिम्रो गीत परीहरू साराले

तिम्रो सानो मुटुमा कति धेरै माया छ
तिम्रो सुन्दर आँखामा ममताको छायाँ छ
देख्नेछन् यो माया सबै जगत साराले

शब्द - हरिभक्त कटुवाल
स्वर - भारती घिमिरे
संगीत - रनजीत गजमेर
चलचित्र - दुई थोपा आँसु