जेजे पर्ला खतरामा ज्यान हालिदिन्छु
तिम्रा लागि एउटा जीवन खेर फालिदिन्छु
जीउनु त मीठो जीउनु बरु दुईदिन जीउनु
जताजता आगो त्यतै पाइला चालिदिन्छु
यति धेरै मनको कुरा लेखूँ लेखिँदैन
चिठी भनि तिमीलाई पाना खाली दिन्छु
जस्को घात सही मेरो छाती चर्केको छ
उस्कै फेरि सम्झनाले घाउ टालिदिन्छु