Last modified on 25 जून 2020, at 11:25

ज्ञानी छोरो / विवश पोखरेल


सधैँ स्कुल जान्छु
भनेको म मान्छु
जे जे दिनुहुन्छ आमा !
त्यही कुरा खान्छु ।
खेल्ने बेला खेल्छु
पढ्ने बेला पढ्छु
भविष्यको चुचुरीमा
नबिराई चढ्छु ।
सानो ठूलो कसैलाई
भेदभाव गर्दिन ।
घमण्ड र अहंकार
आफूभित्र भर्दिन ।
फूलजस्तै फुल्छु
जूनजस्तै खुल्छु
बुद्धजस्तै ज्ञानी भई
संसारभरि डुल्छु ।
मान्छे सबै एउटै हो
फरक हुन्छ भन्दिन
अरुलाई दुःख दिने
मान्छे कहिले बन्दिन ।