Last modified on 2 जून 2017, at 12:12

टुक्रिएर बाँचेको छ / निमेष निखिल

टुक्रिएर बाँचेको छ टुक्राटुक्रा जिन्दगानी
आँखाभरि टिल्पिलाउँछ वेदनाको आँसु पानी
 
घाउहरु कति दुखे छैन कुनै लेखाजोखा
छातीभरि बोक्नै पर्ने दुख भन्ने जानीजानी
 
हाड घोटी बाँच्नु कति दुखदायी संसारमा
कति झेल्नु व्यथाहरु मित्रजस्तै मानीमानी
 
तिमी आयौ हुरीजस्तै लहर छायो जिन्दगीमा
उडाएर लग्यौ मेरा खुसीहरु छानीछानी।