ढुङ्गाको भर माटोलाई हुन्छ
माटोले दिन्छ ढुङ्गालाई भर
आफ्नो त राजै को छ र भर
मनको बह कसले पो सुन्छ र ?
चटक्कै छोडी नजानू भन्थी
मुटु त हुन्छ अचानु भन्थी
ड“ढेलो पापी फूलको छाती
सल्क्यो कि कतै न साथी सङ्गाती !
जहाँ म जान्छु एक्लो म हुन्छु
को देख्छ कठै ! हाँस्छु कि रुन्छु ?
हजार प्रहार सहेर हेरेँ
जिन्दगी लुटाइ आँसुको ऋण तिरेँ !