यौटा यस्तो खुसी गयो आफूभन्दा प्यारो
दिन त बित्छ यसै उसै रातै काट्न गाह्रो
दिनभरि मुस्काइरहेँ भित्र कहीँ घाउ छोपी
एक्लो रात फेरि आयो मझेरीमा शून्य बोकी
धेरैधेरै भोगीहेरेँ बेहोसीको मात
तारा कति गनिसकेँ काटिँदैन रात
मेरो खुसी पैँचो दिएँ अरूलाई अप्ठ्यारोमा
खोजी हेर्दा ऐले आफ्नै छाया छैन अँध्यारोमा
सारा मेरा साथ छुटे सुनसान भो साथी
औँलाहरू सल्बलाए फेरि घाउमाथि !