Last modified on 22 जनवरी 2021, at 18:47

तिमीलाई हरेक पानीमा / ईश्वरवल्लभ

तिमीलाई हरेक पानीमा पग्लेको देखेको छु
तिम्रो कहानी भनेर जीवन लेखेको छु

परका अनेक आकाश, तिनका क्षितिजमा
कुनै त आफ्ना चेहरा कुनै बिरानोजस्तो
त्यस्तै अन्योलहरूमा तिमीलाई भेटेको छु

बग्दै गरेको हावा कहिले सम्झेझैँ गर्छन्
सपना देखेको हैन विपना पनि त हैन
त्यस्तै तसबीर अनेक मैले लेखेको छु