Last modified on 6 मई 2021, at 08:22

तिमीले हल्कै गुनगुनाई दियौ / सुमन पोखरेल

तिमीले हल्कै गुन्गुनाई दियौ खै चोट देखिएको
गीतमा मेरो भावना हैन, रगत ‘थ्यो पोखिएको

खाएको चोट सुस्केराभित्र अटाउने थिएन
न आड थियो, न थियो आँशु, रुने केही थिएन
मुटुको रगत आँखामा आउँदा थियो त्यो रचिएको
तिमीले हल्कै गुन्गुनाई दियौ खै चोट देखिएको

जीवनले मलाई मृत्युमा चढी खेदेथ्यो वेगले
उठेथेँ लडी, साहसलाई समाई, म आफ्नै डेगले
त्यो पीडा मेरो गीतमा थियो शब्दले छेकिएको
तिमीले हल्कै गुन्गुनाई दियौ खै चोट देखिएको