तिमी आयौ जीवनमा फेरि एकपल्ट
र मलाई रुवायौ बेस्सरी एकप्लट
चाहनु तिमीलाई अपराध भएथ्यो
म दोषी ठानिएँ यसरी एकपल्ट
पीडा र वेदना सधैं नै मसँग
साथी भो साउने झरी एकपल्ट
किन आउँछ उनको एकनास याद
आए हुन्न ? घरी– घरी एकपल्ट
शायद अब यो सपनीमा होला
कवै हुन्नन् उनी मनेरि एकपल्ट