तिमी धेरै–धेरै रुनेछौ, म मरेर गएपछि
मेरो तस्वीरलाई छुनेछौ, म मरेर गएपछि
छातीमा राख्तिन भनेर दावी नै त नहोला
माला यादका बुन्नेछौ, म मरेर गएपछि
जीवनभर तिमीले एकनास लगाई दिएका
एकेक दाग धुनेछौ, म मरेर गएपछि
जति हाँस आफूभित्र, जतिसुकै मुस्कुराऊ !
एक्लो– एक्लो हुनेछौ, म मरेर गएपछि ।
बाचुञ्जेल ‘राज’का अघि, पछि भै रहने
सम्झने मलाई कुनै छौ ? म मरेर गएपछि