तिमी पग्ले सगरमाथा सधैँ अग्लिर'न्थ्यो
शिरमाथि जूनघाम सधैँ साँचूँ भन्'थ्यो
निहुरिएर अरूलाई उचाइ दियौ भने
झुकीझुकी तिमीलाई सलाम गर्ने मन'थ्यो
हिजोआज मान्छेहरू आफैँ ठूला बन्छन्
माथि जान चाहनेलाई तल खाल्डो खन्छन्
यस्तो बेला खसेकालाई हात दियौ भने
झुकीझुकी तिमीलाई सलाम गर्ने मन'थ्यो
आजभोलि छातीभित्र दुख्छ अर्कै घाउ
कतै छैन यसको मर्म नपुगेको ठाउँ
त्यै घाउलाई भराउने मलम भयौ भने
झुकीझुकी तिमीलाई सलाम गर्ने मन'थ्यो