Last modified on 16 फ़रवरी 2022, at 16:30

तिमी हुनुको (अंश - ६) / इन्दिरा प्रसाई

मसँग कुनै सामान छैन
फगत आफूलाई
पसल बनाएर
बेच्नु, बेचिइनु गर्दै छु ।

जिउँदो मासुको व्यापारपछि
तिम्रो ठूलो महलको छिँडीमा
मेरो कठाङ्ग्रिएको रात
र औषधीका सिसीहरूसँग
आत्मीयता गाँसेर
म आफूलाई
एकपटक रित्त्याइदिन्छु ।

कसैले सोधे
चिन्दिनँ भन्दिनु ।
लास भएपछि बेवारिसे पारेर
महानगरपालिकालाई बुझाइदिनु ।