Last modified on 19 मई 2020, at 14:25

तिम्रो आवाज नेपालीको मनको प्रतिध्वनि / गीता त्रिपाठी

सहर

तिम्रो आवाज नेपालीको मनको प्रतिध्वनि
गुञ्जिँदैछ दुई हरफ मीठो गीत बनी
 
तर यहाँ बगेको छ प्रतिशोधको नशा
हट्ने कुनै टुङ्गो छैन यो देशको दशा
विवशतामा परेको छ हाम्रो सुख-शान्ति
धुवाँ उठी छोपेको छ यो देशको कान्ति
 
पसिनाको खडेरीले धर्ती डढेको छ
जताततै स्व.अहम्को गर्मी चढेको छ
तिमी बोल्छौ सादगीको शीतल पार्श्वध्वनि
बुझिदिने कोही छैन भावनाको धनी ।