Last modified on 7 जुलाई 2017, at 11:28

तिम्रो मुस्कान / हरिभक्त कटुवाल


तिमीले लुकाउन खोज्दा-खोज्दै फुस्केको मुस्कान
फक्रिदिएको छ मेरा आँखाहरुमा गुलाफ जस्तै
जउन सकिन्थ्यो आँखाभरिको गुलाफी सपनामा पनि
तर थाहा पाइदिन्छ मुटुले घोचाइ तीखा काँडाहरुको ।