तिमीलाई दिनु थियो मनै हारी दिएँ
तिम्रो लागि आफ्नो संसार उजाड पारिदिएँ
सयपत्री जवानीको सयथरी चाह
तिम्रो वसन्तमा सबै ऋतु हारिदिएँ
आफ्नो बाटो सीधा थियो घुमाउरो हिडेँ
कस्तो ऋण थियो कुन्नि रित्तिएरै तिरेँ
आफ्नै मन आफैँबाट पर सारिदिएँ
तिम्रो वसन्तमा सबै ऋतु हारिदिएँ
थाहा थियो दिगो हुन्न अनिच्छाको मेल
दुई किनार छुट्टिएला बीच बग्ला भेल
पुल बाँधेँ दुनियाँको ताना टारिदिएँ
तिम्रो वसन्तमा सबै ऋतु हारिदिएँ
•