Last modified on 23 सितम्बर 2016, at 22:58

तृष्णा / रमेश क्षितिज

यस्तो तृष्णा जाग्यो आज झल्को देख्न पाए पनि
धन्य हुन्थेँ मनको राजा सपनीमै आए पनि

नबिर्सनू भनी दे’को चिनो सधैँ हेर्दाहेर्दै
ओइलिन्छ कि बैंस मेरो उनको बाटो कुर्दाकुर्दै
कुइनेटोमा सुसेलेर अर्कै कोही आए पनि
त्यसैत्यसै झस्किन्छु म कोइलीले गाए पनि

तिर्सनाले सुकाउँछ पत्झरको पातजस्तो
दिन पनि अँध्यारो छ वैरागीको रातजस्तो
फर्किनेछु भन्नेले नै मलाई अब भुलेछ कि
झर्नलाई मेरो इच्छा अप्ठ्यारोमा फूलेछ कि