Last modified on 9 जुलाई 2024, at 18:45

तेल सकिएको प्यालाजस्तै छ / सानु शर्मा

तेल सकिएको प्याला जस्तै छ
आफैँलाई बिर्सेर बहुला जस्तै छ
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ

समीको रुखमा खोपिएका नाम
उकालो बाटोमा खाएका कसम
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ
तेल सकिएको प्याला जस्तै छ

तिमीले वाचा तोड्नुको परिणाम
भत्किए सारा विश्वासका आयाम
केके याद राखूँ, बिर्सूँ केके म
मेरो हालत अचेल यस्तै यस्तै छ
आफैँलाई बिर्सेर बहुला जस्तै छ