Last modified on 27 मार्च 2018, at 10:35

तोकिएको काम / विमल गुरुङ


मात्र होइन कार्य
भाँडो पखाल्ने
नारीको
गलत छ यो नीयम
नारीले लक्ष्मणरेखा भित्र मात्र
आश्रीत रहनुपर्ने
भाँडो पखाल्नु मात्र होइन
पखाल्नु पर्छ फोहोर बस्तुलाई
उखेल्नुपर्छ उसले अब
बिषालु झारपातलाई
अनि लक्ष्मण रेखाको परिधि ।