Last modified on 5 जुलाई 2017, at 15:21

त्यसदिन / सविता गौतम दाहाल


त्यसदिन रातभर ननिदाइ
कोल्टो फेरिरहें
घुमिफिरी दृष्यहरू दोहोरी रहे
आँखा अगाडि
तस्वीरहरू नाँचीरहे
ती अनुहारहरू गिज्याएझैं हाँसीरहे ।

पोली रह्यो मन
कसैले थाहा नपाउने गरेर
चिच्याईरहे भित्रभित्रै
कहालिइ रहे
घरिघरि नियन्त्रण गुमाएर
कामीरहे,
आङ्खनो संसारबाट आङ्खनो पकड
गुमाउनुको पीडामा
जलि रहे हुरहुर ।

असक्षमको विल्ला मेरो घाँटीमा
हल्ली रह्यो पासो वनेर
बजिरह्यो घण्टी बनेर टिङटिङ ।

उकुसमुकुसको
खटपटिको
अन्तरद्वन्दको
त्यो कालो अँधेरी रात
चलाइरह्यो मभित्र आँधीहरू
डुवाइरह्यो वाडीहरुमा मलाई ।

एउटा दह्रो खाँबा अंगालोमा बाँधिरहे
विस्तारै हुरी मत्थर हुने आसमा
खाँवा अंगालोमा बाँधिरहेँ ।