Last modified on 28 दिसम्बर 2020, at 16:56

त्यो रात अँध्यारो रात / रवीन्द्र शाह


त्यो रात अँध्यारो रात मैले त भूल गरी सकेँ
तिमीले किन सही दियौ

पत्थर होइन मान्छेको मन
रोक्दा रोक्दै मात्तिन सक्छ
जब मानिस बेहोस हुन्छ
मायाको मोल बिर्सन सक्छ
जब म आँधी भएर आएँ
तिमीले यौवन सम्हाल्नु पर्छ

देवता मात्र होइन मानिस दानव पनि हुन्छ ऊ भित्र
विश्वास मात्र होइन जीवन आवेश पनि हुन्छ ऊ भित्र
जब म तिर्खा लििएर आएँ
तिमीले खोला सुकाउनु पर्छ ।