युगौँदेखि विनाहलचल घस्रिरहेको
त्यो बूढो–कुप्रो अहङ्कार
यो समय आएर पनि का छौँ ?
यो आधुनिकताको शिखरबाट तल–तऽ
त्यसरी नै चुपचाप एकतमास घस्रिरहेको छ
जसरी चिप्लेकीरा ।
इतिहासकै किल्लामाथि उभिएर इतिहास
भोलि–पर्सिहरूलाई जितेर आजै
उत्सवका घोडाहरू कुदाइरहेको यो घडी
हामी कुन कालखण्ड जित्न खोजिरहे ऽऽऽऽऽल हेरेर
या विनादूरीको
विनागतिको घस्राइसँग
हामी कुन विजयोत्सव धानिरहेका छौँ ?
निधारभरि पोस्टर बनाएर चिप्लेकीरा ।
हामी सप्पैलाई राम्ररी थाहा छ
यहाँ कुनै सुन्दर चाहनाहरू
कुनै स्वस्थ सम्बन्धहरू
कुनै शुभकामनाहरू
कुनै आशीर्वादहरू
गोहोरो–अन्डाको बोक्रा मात्र हो
र बोक्रामा टाँसिएको चिप्लेकीरा
केशमा÷कानमा सिउरिएर
छातीभित्र दुःखको गोहोरो घस्रिएको
सद्भाविलो पीडा हाँसिरहेका छौँ हामी ।
जसरी चिप्लेकीरा बाँचिरहका छौ हामी ।
अस्तित्व थन्क्याएर कालान्तरको कन्तुरमा
सुदूर कथाको विजयी आत्मरतिमा
हामी निधारभरि छापिरहेका छौँ
शुभ–मङ्गलम् !
आत्म–मङ्गलम् !
जय ! जय ! जय !
र पनि हामी वर्तमान हारिरहेका छौँ
चिच्याएर पनि चुपचाप मरिरहेका छौँ
जसरी चिप्लेकीरा ।
युगौँदेखि
विनागति÷विनागन्तब्य
हाम्रो दिलको बीच बाटोबाटै
एकोहोरो घस्रिरहेको चिप्लेकीरा दसैँं
यो वर्ष पनि त्यसरी नै घस्रिरहेको छ
र घस्रिरहनेछ युगौँसम्मै
जसरी चिप्लेकीरा ।