Last modified on 4 जून 2017, at 11:55

दसैँ / निमेष निखिल



मान्छेको रगत मान्छेलाई नसा भएर आएको छ
एकपछि अर्को पल यहाँ हादसा भएर आएको छ
खै कसरी थापूँ रगतले मुछिएका अक्षता निधारभरि
दसैं यसपालि पनि दसैं हैन दशा भएर आएको छ।