Last modified on 31 मई 2017, at 16:03

दिलको कुरा नगर दिलमाया / नवराज लम्साल

दिलको कुरा नगर दिलमाया
धेरै भयो शिशाझैं फुटेको
आगो पानी सँगसँगै बस्दैनन्
जाती भयो तिमीसँग छुटेको

फूलजस्तै मुस्कुराई हाँसीहाँसी आयौ
फूलको जोवन जलाएर तिम्ले आगो लायौ
सुनको कुरा नगर सुनमाया
सुनको मान्छे फलामको बिचार
अघिअघि फूलको बयान
पछिपछि छुराको प्रहार

मन परुन्जेल मेरो हीरा मेरो हजुर भन्यौ
आफ्नो मनमा ताल्चा लायौ पराई कुरा सुन्यौ
मनको कुरा नगर मनमाया
मन मारेर मनबाट गएसि

आफ्नोआफ्नो अलगै बाटो भो
एउटै बाटो दोबाटो भएसि

शब्द - नवराज लम्साल
स्वर, संगीत - रामकृष्ण ढकाल
एल्बम - आगमन