दुई सागर पानी यी आँखाभित्र
छातीमा कुइरो छ
शीतल छ माया भन्दछन् सबै
त्यही घाउ गहिरो छ
प्रीतिको चोट सँधै नै दुख्छ
हुँदैन पुरानो
ठान्दथें म जस्लाई आफ्नो
त्यही भयो बिरानो
हृदयभित्र कसले पो देख्छ
दुःखको ओइरो छ
त्यही घाउ गहिरो छ
जीवन भयो जङ्गलको यात्रा
एक्लोपन साथ छ
न जून देख्छु न तारा आफ्नो
अँधेरी रात छ
पछाडि फर्के भास छ अब
अगाडि पहिरो छ
त्यही घाउ गहिरो छ