दुखेछ मनको घाउ भित्र कतै जलन भयो
जहाँ गहिरो त्यहीँ पानी दुनियाँको चलन रह्यो
ठूलै रुखको ओत लागेँ
झनै साह्रो रूझेँ म त
धन हुनेको मन नहुने
दुःखी भएँ आफ्नैसित
पोलेछ मुटुमाझ चूक त्यसमा मलम भयो
जहाँ गहिरो त्यहीँ पानी दुनियाँको चलन रह्यो
बूढापाका भन्ने गर्थे
बाली सप्रे दुःख पर्छ
भरिए नि भकारी
दुखियालाई भूसै झर्छ
आगोमा घिऊ पर्दा मनमा अझै जलन भयो
जहाँ गहिरो त्यहीँ पानी दुनियाँको चलन रह्यो