फेवा सुक्ने देश गजब ! मुसा भुक्ने देश गजब ! कलकल गौरव नदी स्याप्पै रुक्ने देश गजब ! भरथेग कहीँ नपाई, शिर झुक्ने देश गजब ! दोषी भनी एकअर्कामा, साटो थुक्ने देश गजब ! गन्हाएर गल्लीबीचमा त्यसै लुक्ने देश गजब ! वेदनाको रापमा अझै, आगो फुक्ने देश गजब !