देशको मानचित्र जस्तै छ
उसको नाङ्गो करङसितको छात्ती।
सर्व शिक्षा अभियानको
घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू
त्यसैले उसले कहिले जानेन
अ वर्णमालाबाट अधिकार
र आ वर्णमालाबाट आरक्षण बोल्नु।
स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू
उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो
जीवनमा कहिल्यै नफर्काउने गरी।
भोक, तिर्खा र पसिनाले लेख्छ उसले
देशको स्वादिलो तलतल
त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी उसकै रगतको अलिकति चुना दलेर।
ढुङा, रोडा र बालुवामाथि
घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप
तर त्यो रूपबाट देखिने देशको प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।