केटी : लाहुरे दाइले भिरेको
खुकुरीमा दाग लाग्यो
केटा : रातो रुमाल दिउँला कान्छी
पुछ तिम्रै भाग लाग्यो
केटी : शिरैमाथि रातो रुमाल बाँधिराख कसेर
पुछिदिउँला चौतारीको छायासँगै बसेर
दुवै : जोर घडा थापेको छ दैलाको ठेलैमा
दैव राजी भेट भयो साइतको बेलैमा
केटी : आफैँलाई बिर्सिएर
माया गर्यौय पराईलाई
केटा : मेरो शून्य जिन्दगीमा
खुसी छर्यौू तिमी आई
केटी : साँचिराख मायाको चिनो सबै किनेर
चाँडै लिन आउनू है कामकुरो छिनेर
दुवै : झलमल बत्ती बलेको छ दियोको तेलैमा
दैव राजी भेट भयो साइतको बेलैमा