धुम्मिएको आकाश छ
घनघोर त्रास छ
छातीभित्र मडारिने
व्यथाको आभास छ
छेउ लागे भित्तो ढाक्ने
भित्तो लागे छेउ ढाक्ने
अघि हेरूँ पछि फर्कूँ
सबै रित्तोरित्तो लाग्ने
वेदनाको पहाड छ
पहराको आड छ
रगतले पोतिएको
विवशताको चाड छ
आँखा खोले पनि एकै
बन्द गरे पनि एकै
हेरे पनि नदेखिने
कुहिरो छ जताततै
मनै भाँच्ने निराशा छ
निसासको भास छ
हरियाली नभेटिने
उजाडको बास छ