Last modified on 5 जून 2020, at 16:18

ध्यान होस् नेपालको /शम्भुप्रसाद ढुङ्गेल

हर्वखत हर्एक कुरामा ध्यान होस् नेपालको
जुन् मुलुकमा जाउँ हामी मान होस् नेपालको

जन्मभूमिदेखि बढ्ता छैन क्यै संसारमा
चित्तले तस्विर खिँची सम्मान होस् नेपालको

बोलूँ नेपाली भजूँ नेपालीकै नाउँ सदा
देह हामीले धर्यौँ ता प्राण होस् नेपालको