Last modified on 11 जुलाई 2024, at 20:54

नबिर्स / रोशन परियार

बाँध्छौ भने
मेरो यात्रा बाँध
थुन्छौ भने
मेरो दृष्टि थुन
भाँच्छौ भने
मेरो सोच भाँच

आजाद छन् मेरा आवाजहरू
काट्छौ भने काट

आवाजहरू
जति काटिन्छन्, त्यति पलाउँछन् ।