Last modified on 25 जनवरी 2022, at 08:52

नभन, गर / हर्कजङ्गसिँह छेत्री

न भन्छ रविले रश्मि फिँजाऊँ ।
न भन्छ बादल वृष्टि गराऊँ ॥१॥
न भन्छ आँधी प्रलय मचाऊँ।
न भन्छ जलले तृष्णा बुझाऊँ ॥२॥

न भन्छ वटवृक्ष छाया म दिन्छु ।
भन्दैन पुष्प म सुगन्ध दिन्छु ॥३॥
नाचेर मुजुर जनमन हर्छ ।
नभन, गर काम, तब नाम चल्छ ॥४॥