Last modified on 7 जुलाई 2017, at 10:37

नाम यसैको जीवन हो / हरिभक्त कटुवाल


भन्न सकिन्न कति कुरा
भन्सारले नै बुझ्नु पर्छ,
हेर्न सकिन्न कति कुरा
आँखा चिम्ली देख्नु पर्छ,

टिप्न सकिन्न सबै फूल
हेरी चित्त बुझाउनु पर्छ,
टेक्न सकिन्न सबै फूल
सम्झी सान्त्वना लिनु पर्छ ।

बुझेरै पनि कति कुरा
बुझिन-जानिन भन्नु पर्छ,
देखेरै पनि कति कुरा त
देखिन-जानिन भन्नु पर्छ ।

टिपेरै पनि फूल कति त
माला नगाँसी फ्याँक्नु पर्छ,
टेकेकै पैतालाको डाम पनि
कहिले मेददै पछिल्तिर सर्नु पर्छ ।