Last modified on 23 मई 2017, at 19:14

नाम सुन्दरी / हिरण्य भोजपुरे

नाम सुन्दरी आकासे चुन्नरी
तिमीजस्ती राम्री छैन अर्की किन्नरी ।

सत्तु पीठो कत्ती मीठो
मोहनीले छुँदो रै’छ कत्ती छिटो ।

मलमल टालो केले गाल्यो
विरहले हियारामा आगो बाल्यो ।album cover - ek anjuli gham

आँखा तिर्मिर देख्छु किर्मिर
तिम्रै मात्र फोटु बस्छ मनमा मिर्मिरे ।