हे नारी !
कहिलेसम्म बोकिहन्छ्यौ यस मौनतालाई तिमी?
युगौँ युग मौन रहे
मेरा आमा र हजुरआमाहरू।
निस्तब्द अन्धकार रातहरूमा
एक्लोपनलाई अँगालो हालेर रोइरहे तिनीहरू
र बिहान हुने बित्तिक्कै आफ्ना चोटलाई बिर्सिएर
संसारका सामू मुस्काइरहे ।
हे नारी
यहाँ त्यस्ता मानिसहरूको भीड छ
जो दूध कालो हुन्छ भनेर जिद्दी गर्दछन्
र तिम्रा दिनहरूलाई रातभन्दा काला बनाउँछन् ।
खरानी छर्केर छोप्दछन् तिनीहरू
ऐनालाई ।
हे नारी !
उठ र संसारलाई कम्पन गराऊ
सुनाऊ स्वर्गलाई तिम्रो स्वर
आफ्ना लागि उठाऊ आवाज
बाहिर निस्क निराशाको घुम्टोबाट
हृदयको गहिराइदेखि नै खुसि होऊ
अब सबैले सुन्ने गरी ठूलो स्वरमा बोल
आफ्ना लागि ।