निष्ठुरीले झारेको फूललाई
सच्याउँदा अर्कैको भूललाई
सिसा थियो मन
शङ्का गर्यौन तिमीले, चर्किएछ झन्
भरोसा नै टुटिसक्यो तिम्रो मनलाई म के भनूँ
चिन्नमा नै भूल गर्यौि कसरी म राम्रो बनूँ
झरिजाने बैँशको फूललाई
सच्याउँदा अर्कैको भूललाई
सिसा थियो मन
शङ्का गर्यौन तिमीले, चर्किएछ झन्
अरूले झैँ छोई भाग्ने मेरो रहर कहाँ थियो
तिम्रो जीवन बगर हुँदा मेरो सहर कहाँ थियो
मायाविना सुकेको मुललाई
सच्याउँदा अर्कैको भूललाई
सिसा थियो मन
शङ्का गर्यौन तिमीले , चर्किएछ झन्