Last modified on 7 जुलाई 2017, at 09:41

नैतिकता / हरिभक्त कटुवाल


कति भन्छु म मेरै आँखाले मात्र संसार नहेरुँ
नछेकूँ कसैको बाटो सामु तेर्सिएर
तर अनायास तेर्सिन पुग्छु कतिको बीच बाटामा
जब देख्छु मन्दिरमा चढ्ने फूल झर्न खोज्छ रछ्यानमा ।