Last modified on 21 जून 2017, at 17:26

नौसय खोला तरेर जाने / यादव खरेल

नौसय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई

बादलले ढाकेमा म रोइरहिछु भनेर ठाने है
बाडुल्की लागेमा सम्झिरहिछु भनेर जाने है

वतास चले म छटपटाएँ भनेर बुझे है
घामले पोलेमा बिरामी म भनेर जाने है

बिजुली चम्केमा निद्रामै ब्युँझिएँ भनेर बुझे है
हिउँले परेमा म यहीले मरे भनेर जाने है

शब्द - यादव खरेल
स्वर - तारादेवी