Last modified on 27 मार्च 2018, at 10:40

पक्राउ / विमल गुरुङ


आमसभाको मञ्चबाट
एक युवक उभिएर कराइरहेथ्यो -
बिनाशर्त राजबन्दीहरुको रिहाई हुनुपर्छ !

जनसमुहबाट तालीको गड्गडाहट झर्‍यो
भोलि उ पक्राउ पर्‍यो ।