Last modified on 23 जुलाई 2017, at 11:25

पग्लेर जाने / दिनेश अधिकारी


पग्लेर जाने हिउँ म होइन
सुकेर जाने शीत म होइन
आफैँ म बाटो, आफैँ नै यात्रा
म अल्पी जाने मधुमास होइन
 
पर्दैन बाल्नु दीयो कसैले
अँध्यारो आफैँ म रोक्न सक्छु
हाँसेर बाँचूँ, रोएर बाँचूँ
आखिर बाँच्नु— म बाँच्न सक्छु
आफैँ म सन्तोष, रोदन र पीडा
म तर्की जाने तर्कना होइन

ईशारा नपाऊँ, सहारा नभेटूँ
मलाई कहीँ— कतै जानु छैन
अल्झेको व्यथा बल्झिन्छ— बल्झोस्
जानेर कहिल्यै अब हाँस्नु छैन
स्वयम् म पात्र, कथा र घटना
म कल्पनाको घरबार होइन