Last modified on 16 जुलाई 2017, at 16:37

परिचय / सविता गौतम दाहाल


फुल दिन सक्छु
उज्यालो फक्रिएको अनुहार
शितल चाँदनी
सबै दिन सक्छु ।

मनले बुनेका सपना
मिहिनेत खिपिएका बुट्टा
जीवनको लगानी
सबै दिन सक्छु ।

मलाई बुझाउन
तिमी काँडामा नहिड
लेउ भरिएको सडक नकुद
धँुवा पुरिएको शहर
हरेकलाई सोध्दै यसरी दिन–रात नखोज ।

यो यथार्थ हो
तिमीलाई मेरो परिचय दिन सक्दिन ।