Last modified on 16 मई 2020, at 22:03

पहिला झ्याउरे / मानवीर खत्री


खानीको पुट रानीको पुट
हाईगोरी, आदि विलो खान्या हो ।
लाम् जान्या बेला न पिछयाउ चेला
फेरि पाली रानी खेट (त) लान्या हो ।
X X
सूर्ती हाल्या जाबी बासा
किन्यो कि किन्यान – सै’
बाला दिन्‌मा सँगै खेल्थ्यो
चिन्यो कि चिन्यान – सै’
तल रिङ्गो सिंगारु त
माथि रिङ्गो बिगो – ना’
एकै गाउँको रस्ती बस्ती
नचिन्नु क्या थियो – ना’
X X
पितलु काटी मचुङ्गा मेरो – सालीज्यू
बाटै र – बर्जुला
गमनु बेला नरोया चेला – सालीज्यू,
साथै र लैजुँला

[‘हाम्रो साँस्कृतिक इतिहास’बाट]
‘बुइँगल’बाट साभार