Last modified on 3 दिसम्बर 2020, at 10:36

पहिलो दिन / ज्याक प्रिभेर / सुमन पोखरेल

भित्रपट्टी सेता तन्ना,
ओछ्यानमा राता तन्ना,
एउटा बालक उसकी आमाभित्र,
आमा छटपटीमा,
बाबु दलानमा,
दलान एउटा घरमा,
घर शहरमा,
शहर रातको अन्धकारमा,
मृत्यु एउटा क्रन्दनमा,
र एउटा बालक धर्तीमा।

.................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ